
काठमाडौं, १४ साउन । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि चार व्यवसायीबीच चुनावी दौडधुप चलेको छ ।
यही साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका प्रत्याशीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन् । साथै उनीहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न दौडधूप र छलफललाई तीव्रता दिएका छन् ।
टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, बोधराज भण्डारी र कमल सापकोटा विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा जुटेका छन् । प्रत्यासीमध्ये बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुन् भने भण्डारी र सापकोटाले टान कार्यसमितिमा रहेर काम गरिसकेका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल सापकोटा पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । होटल तथा ट्रेकिङ व्यवसायमा चारैजना अब्बल गनिन्छन् ।
टान निर्वाचनका लागि मिति तय भएसँगै आकाङ्क्षी उम्मेदवारले आफ्ना प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा लागेको टानका अध्यक्ष खुम सुवेदीले बताए। उनले टान नेतृत्व सकेसम्म सहमतिमा गर्ने प्रयास गरिए पनि व्यवसायीले प्यानलसहित उम्मेदवारी घोषणा गरिरहेकाले निर्वाचनबाटै नेतृत्व चयन हुने उल्लेख गरे। अध्यक्ष सुवेदीले भने, “टानको वार्षिक साधारणसभा एवं निर्वाचन साउन ३० घोषणा गरिएको छ । सहमतिबाटै नेतृत्व चयनका लागि छलफल भइरहेको छ, सहमति भएन भने निर्वाचनबाटै नेतृत्व चयन हुन्छ । त्यसका लागि व्यावसायिक छलफल जारी छ ।”
टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा करिब एक हजार आठसय व्यवसायी आबद्ध छन् ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



