एक दिनमा ४४ हजार छ सय ८९ कोभिड–१९ का नयाँ सङ्क्रमित

-



     सफल आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित



सोल, १६ साउन । दक्षिण कोरियामा २४ घण्टाको समयावधिमा ४४ हजार छ सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९८ लाख २० हजार सात सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण घटेको जनाइएको छ । अघिल्लो दिन ७३ हजार पाँच सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ । नयाँ केसहरूमध्ये, चार सय ३६ जना आयातीत रहेको जनाइएको छ ।

यद्यपि ४४ हजार सात सय ५६ जना कोरोनामुक्त भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८७ पुगेको छ । यस अवधिमा थप २१ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कूल सङ्ख्या २५ हजार ६८ पुगेको छ । कूल मृत्युदर ०.१३ प्रतिशत रहेको छ ।