
काठमाडौं, १८ साउन । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म ३ अर्बभन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा नाफा बढाएर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार ४४९ रुपैयाँ पुर्याएको छ ।
आर्थिक वर्ष २०७७/७८ भर बैंकले २ अर्ब ८५ करोड ४८ लाख २८ हजार ३४३ रुपैयाँ खुद नाफा कमाएकोमा आर्थिक वर्ष २०७८/७९ को समीक्षा अवधिसम्म १२.७८ प्रतिशत अर्थात् ३६ करोड ४९ लाख १३ हजार १०६ रुपैयाँले वृद्धि गरी ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार ४४९ रुपैयाँ पुर्याएको विवरणमा उल्लेख छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै बढेको पाइएको छ जसका कारण समग्र खुद मुनाफामा पनि वृद्धि हुन पुगेको छ । यो अवधिसम्म बैंकले खुद ब्याज आम्दानी २७.७३ प्रतिशत बढाउन सफल भएको छ । साथै कुल सञ्चालन आम्दानी ९.०५ प्रतिशत र सञ्चालन मुनाफामा पनि १३.१६ प्रतिशतको बढोत्तरी भएको छ ।
यस्तै कम्पनीको नेट फी तथा कमिसन पनि १ अर्ब २१ करोड ५० लाख ५६ हजार ५६२ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १३ करोड २६ लाख ८ हजार २२७ मात्र रहेको थियो । यस्तै समीक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानीमा भने गिरावट आएको छ। यसअघि २६.११ रुपैयाँ रहेकोमा एक वर्षको अवधिमा ३३ पैसाले कमी आएर यो अवधिसम्म बैंकको प्रति सेयर आम्दानी अर्थात् ईपीएस २५.७१ रुपैयाँमा झरेको छ ।

बैंकको समीक्षा अवधिको मूल्य आम्दानी अनुपात ११.७९ गुणा रहेको छ भने प्रति सेयर नेटवर्थ १७४.९८ रुपैयाँ रहेको छ। यस्तै तरलता अनुपात २१.५१ रहेको छ । बैंकले यो अवधिमा चुक्ता पुँजी १४.२५ प्रतिशतले बढाएको छ भने जगेडा कोषमा ०.५१ प्रतिशतले कमी आएको छ ।







प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



