
काठमाडौं, १८ साउन । कमलादी काठमाडाैंमा केन्द्रीय कार्यालय रहेकाे बेष्ट फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म १६ करोडभन्दा बढी मुनाफा आर्जन गरेको छ ।
कम्पनीले बुधवार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी नाफा बढाएर १६ करोड ७२ लाख १ हजार ३६३ रुपैयाँ पुर्याएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा बैंकले ८ करोड २३ लाख ८३ हजार १५१ रुपैयाँ खुद नाफा कमाएको थियो । तर आर्थिक वर्ष २०७८/७९ को समीक्षा अवधिसम्म कम्पनीको मुनाफामा २०२ प्रतिशतले वृद्धि भएको विवरणले देखाएको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको वितरण योग्य मुनाफा १९ करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। यो अवधिमा कम्पनीको को खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै बढेको छ ।
यो अवधिसम्म संस्थाले खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड २७ लाख रुपैयाँ हाराहारीले बढाएको छ । यस्तै सञ्चालन आम्दानी पनि १३ करोड ८० लाखबाट बढाएर १९ करोड ८८ लाख रुपैयाँ पुर्याएको विवरणमा उल्लेख छ ।
संस्थाले यो अवधिमा नेट फी तथा कमिसन पनि २ करोड १६ लाख ५९ हजार पुर्याएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड १४ लाख १५ हजार मात्र रहेको थियो । यो अवधिमा कम्पनीको बेस रेट १३.७५ पुगेको थियो जुन अघिल्लो वर्षको सोही अवधिमा १०.९५ मात्र रहेको थियो।
यस्ताे छ बित्तिय विवरण :







प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



