संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगत भन्दा २ प्रतिशत कम गर्न राष्ट्र बैंककाे निर्देशन

-



     सफल आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ साउन। बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपको भन्दा २ प्रतिशत कम ब्याज दिनुपर्ने भएको छ । यो प्रावधान नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि बुधबार बैंक तथा वित्तीय संस्थालाई पठाएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै लागू गरेको हो ।

निर्देशनमा संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्नेछ भनी स्पष्ट रुपमा उल्लेख गरेकाे छ ।

योभन्दा अघिको व्यवस्थामा संस्थागत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा १ प्रतिशतले कम हुनुपर्ने रहेको थियो ।