एकैदिन थपिए ७६० कोरोना सङ्क्रमित

-



     सफल आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार ५८९ को पीसीआर र ३ हजार ३३७ जनाको एन्टिजेन गरी ५ हजार ९२६ जनाको नमूना परीक्षण गरिएकोमा ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सो अवधिमा ३ सय २४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएका सँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित ५ हजार ६ सय २ पुगेका छन् । मन्त्रालयका अनुसार यस अवधिमा ४७ हजार ३ सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।