
काठमाडौं, २० साउन । सांग्रिला डेभलपमेन्ट बैकले ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । बैंककाे गत आर्थिक वर्षको चौथो त्रैमासकाे सार्बजनिक भएकाे अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा र प्रतिसेयर आम्दानी (ईपीएस) दुबैतर्फ बढेको छ।
बैंककाे याे नाफा अघिल्लाे वर्षको सोही अवधिकोभन्दा ४५.२९ प्रतिशतले बढी देखिन्छ । अघिल्लो आर्थिक वर्षमा यस्ताे नाफा ४१ करोड रहेकाे थियो।
सांग्रिलाकाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएकाे बृद्धिसँगै खुद नाफामा पनि बृद्धि भएकाे हाे । बैंकको वितरणयोग्य नाफा रकम ३४ करोड ८६ लाख रहेको छ।
खुद ब्याज आम्दानी ४४.८८ प्रतिशतले बढेको छ । कमिसन आम्दानी १४.५० प्रतिशतले घटेको छ भने सञ्चालन आम्दानी १६.२९ प्रतिशत र सञ्चालन नाफामा ४६.६९ प्रतिशतले बृद्धि भएकाे छ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ७९ पैसा भएकाे छ। मूल्य आम्दानी रेसियाे १९.०५ गुणा छ । प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ५२ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ । जगेडा कोषमा २८.१७ प्रतिशतले, निक्षेपमा १६.६९ प्रतिशतले र कर्जामा २३.६० प्रतिशतले बढेको रिपाेर्टमा देखिएकाे छ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



