
काठमाडौं, २० साउन । नबिल बैंकले करिब ५ अर्ब खुद नाफा कमाउन सफल भएकाे छ । बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे हाे ।
बंगलादेश बैंकलाई गाभेपछि नबिल बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ९ अर्ब १२ करोड रुपैयाँ रहेको छ।
बैंकको सञ्चालन मुनाफा १३.९८ प्रतिशतले बढेको पाइएकाे छ। अघिल्लो वर्ष उक्त नाफा ६ अर्ब २२ करोड रुपैयाँ रहेको थियाे । समीक्षा अवधिसम्ममा सञ्चालन मुनाफा बढेर ७ अर्ब ९ करोड रुपैयाँ भएको हाे। यस अवधिमा बैंककाे खुद ब्याज आम्दानी ९ अर्ब ४३ करोड रुपैयाँ रहेकाे देखिन्छ। अघिल्लो वर्ष याे आम्दानी रु ८ अर्ब ७ करोड थियाे । खुद ब्याज आम्दानीमा १६.७९ प्रतिशतकाे बृद्धि देखिएकाे छ।
बैंककाे निक्षेप संकलन रु ३ खर्ब २६ अर्ब रहेकाे छ भने ३ खर्ब १ अर्ब रुपैयाँ कर्जा परिचालन भएकाे छ। अघिल्लो वर्ष बैंककाे निक्षेप संकलन रु २ खर्ब २३ अर्ब र कर्जा परिचालन रु १ खर्ब ९८ अर्ब थियो।
बैंकको जगेडामा ६८.११ प्रतिशतले बढेकाे छ । यसकाे आकार २६ अर्ब ३७ करोड रुपैयाँको भएकाे छ। अघिल्लो वर्ष जगेडा काेषमा १५ अर्ब ६९ करोड रुपैयाँ रहेकाे थियो। निष्क्रिय कर्जा बढेर १.५४ प्रतिशत छ। यसअघि ०.८४ प्रतिशत रहेकाे थियो।
बैंकको प्रतिसेयर आम्दानी घटेर २६.८० रुपैयाँ भएकाे छ । याे पहिले ३३.५७ रुपैयाँ थियाे । मूल्य आम्दानी रेसियाे ३२.८० गुणा र प्रतिसेयर नेटवर्थ २३०.३७ रुपैयाँ रहेको छ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



