
काठमाडौं, २० साउन । गत आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमाससम्म आइसीएफसी फाइनान्स लिमिटेडको खुद नाफा घटेको छ । संस्थाको हालै सार्वजनिक उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा अघिल्लो आर्थि वर्ष २०७७/७८ को तुलनामा कमी आएको हो ।
विवरण अनुसार संस्थाको खुद नाफामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.२१ प्रतिशतले कमी आएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले २५ करोड १४ लाख २३ हजार रुरपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्षको सोही अवधिमा घटेर २० करोड ६ लाख रुपैयाँमा आइपुगेको छ ।
यसरी खुद नाफा घट्नुमा विविध सञ्चालन आम्दानीमा आएको कमीलाई मानिएको छ । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । यो अवधिका संस्थाको खुद ब्याज आम्दानी ३१ करोड ५५ लाख ४८ हजार बाट बढेर ४७ करोड ६ ललाख २१ हजारमा पुगेको छ । तर यसले मातेर खुद नाफा बढाउन पर्याप्त हुन नसकेको देखिन्छ । यसका साथै यो अवधिमा संस्थाको खुद फि तथा कमिसन आम्दानी १३.९८ प्रतिशत बढेको पाइएको छ ।
नाफामा आएको गिरावटसँगै कम्पनीको प्रति सेयर आम्दानी अर्थात् ईपीएसमा पनि कमी आएको छ । विवरण अनुसार यस अवधिमा कम्पनीको ईपीएस अघिल्लो आर्थिक वर्षमा रहेको २४.५५ रुपैयाँबाट ६.७५ रुपैयाँ घटेर १७.८० रुपैयाँमा आइपुगेको छ । साथै यो अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो २५.२८ गुणा तथा प्रति सेयर नेटवर्थ १५४.६४ रुपैयाँ रहेको विवरणले देखाएको छ ।
अन्य सूचकमा यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ९.८८ प्रतिशत र सञ्चालन मुनाफा २०.३७ प्रतिशतले घटेको छ । त्यस्तै समीक्षा अवधिमा फाइनान्सको चुक्ता पुँजी १०.०४ प्रतिशत तथा जगेडा कोष १.६६ प्रतिशत बढेको छ ।







काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



