दक्षिण कोरियाको अस्पतालमा आगलागी: पाँच जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण २० गते २०७९ मा प्रकाशित



सोल, २० साउन । दक्षिण कोरियाको राजधानी सोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परेर ५ जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार बिहान १०:१७ बजे चार तले भवनमा आगलागी भएको थियो ।  त्यस  भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू तथा दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू रहेका थिए । उक्त आगलागीमा परेर अस्पतालका ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३ जना बिरामी र १ जना नर्स रहेको र बाँकी एक जनाको पहिचान हुन सकेको समाचारमा जनाइएको छ ।