अभियान लघुवित्तको आईपीओका लागि १७ गुणा बढी आवेदन

-



     सफल आवाज    
     श्रावण २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० साउन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत साउन १८ गतेदेखि जारी गरेको आईपीओमा मागभन्दा १७ गुणा बढी आवेदन परेको छ ।

शुक्रबार दिउँसो १:४६ बजेसम्ममा १४ लाख ३० हजार ४०६ जना आवेदकले १ अर्ब ६३ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ६६ हजार ६२० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो आँकडा संस्थाले जारी गरेको जम्मा ९ लाख ७५ हजार कित्ताको १६.७९ गुणा बढी हुन आउँछ ।

कम्पनीले गत साउन १८ गते जारी गरेको ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

बाँकी बचेको ९ लाख १३ हजार ७५० कित्ता सेयर सर्वसाधारणको लागि जारी गरिएको हो । यसका लागि आवेदन दिने अन्तिम म्याद आगामी साउन २२ गते आइतबारलाई तोकिएको छ ।

यो संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।