
काठमाडौं, २० साउन । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त अवधिसम्म ७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा कम्पनीको खुद नाफा १४ करोड ९५ लाख रुपैयाँ रहेको थियो । यसरी हेर्दा १ वर्षको अवधिमा रिलायन्स फाइनान्सको नाफामा ५१.३७ प्रतिशतले कमी आएको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा भने ६७.४१ प्रतिशतले बढेर २५ करोड २८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ करोड १० लाख रुपैयाँ रहेको थियो ।
यसैगरी सोही अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५३.५९ प्रतिशतले घटेर १० करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो आँकडा २२ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा फाइनान्सले निक्षेप संकलन १७.६७ प्रतिशतले बढाएर ६ अर्ब ६७ करोड २ लाख रुपैयाँ पुर्याएको छ । यस्तै कर्जा लगानी १७.४४ प्रतिशतले बढाएर ५ अर्ब १७ करोड १७ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।
यो अवधिमा फाइनान्सले निक्षेप संकलन १७.६७ प्रतिशतले बढाएर ६ अर्ब ६७ करोड २ लाख रुपैयाँ पुर्याएको छ । यस्तै कर्जा लगानी १७.४४ प्रतिशतले बढाएर ५ अर्ब १७ करोड १७ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । यसैगरी फाइनान्सले यो अवधिमा खराब कर्जा भने ४.१६ बाट १.८३ प्रतिशतले घटाएर २.३३ प्रतिशतमा झार्न सफल भएको छ ।
समीक्षा अवधिमा कम्पनीको वार्षिक प्रति सेयर आम्दानी अर्थात् ईपीएस ६.९० रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२५.२३ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात अर्थात् पीई ४४.९० गुणा रहेको विवरणमा उल्लेख छ । यो अवधिमा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ३० लाख रुपैयाँ तथा जगेडा कोषमा २२ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ तथ्याङ्क छ ।







काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



