मेगा बैंककाे नाफामा २१.७८ प्रतिशतले बृद्धि, लाभांश वितरण क्षमता कति ?

-



     सफल आवाज    
     श्रावण २१ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २१ साउन । मेगा बैंकले बैंकले रू २ अर्ब ८३ करोड खुद नाफा कमाउन सफल भएकाे छ । बैंककाे गत आर्थिक वर्षकाे वितरणयोग्य मुनाफा रू १ अर्ब ६३ करोड रहेकाे छ।

बैंकले वर्ष २०७८/७९ साे नाफाबाट ११ प्रतिशतको लाभांश वितरणकाे क्षमता राखेकाे छ । सेयर प्रिमियम २० करोड ७८ लाख रुपैयाँ पनि वितरणयाेग्य रहेकाेले ११.४३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम गरेकाे छ। 

मेगाले खूद मुनाफामा पनि बृद्धि गरेकाे छ । बैंकले रू २ अर्ब ८३ करोड नाफा कमाएकाे छ । याे नाफा अघिल्लो वर्षको साेहि अवधिमा २ अर्ब ३२ करोड रहेकाे थियाे । बैंककाे खूद नाफामा २१.७८ प्रतिशतले बृद्धि भएकाे छ । 

बैंककाे संचालन मुनाफा पनि बढेकाे छ । याे नाफामा २६ प्रतिशतले बढेर ४ अर्ब १३ करोड पुगेकाे छ । अघिल्लो वर्ष रू ३ अर्ब २८ करोड रहेकाे थियाे । खूद ब्याज आम्दानीमा बृद्धि भएर रू ५ अर्ब ९१ करोड भएकाे छ । यसअघि ५ अर्ब ७९ करोड रहेकाे थियाे।

बैंकको प्रतिसेयर आम्दानी बढेर १७.५७ रुपैयाँ भएकाे छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी रु. १५.८७ रहेको थियाे। बैंककाे निक्षेप संकलन १ खर्ब ५३ अर्ब रहेकाे छ भने १ खर्ब ४७ अर्ब बढी कर्जा परिचालन गरिएकाे छ ।