सेञ्चुरी बैंकले कमायाे १ अर्ब ३५ करोड,यस्तो छ ईपिएस

-



     सफल आवाज    
     श्रावण २१ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २१ साउन । सेञ्चुरी बैंकले १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाउन सफल भएकाे छ । बैंककाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म साे नाफा कमाउन सफल भएकाे हाे।

बैंकको नाफा सँगै वितरणयोग्य नाफा रू ९१ करोड रहेकाे छ। खुद ब्याज आम्दानीमा ३१ प्रतिशतले र सञ्चालन आम्दानीमा २६ प्रतिशतले बृद्धि भएकाे छ।

बैंकले निक्षेप संकलनमा ५.८४ प्रतिशतले बृद्धि गरेकाे छ भने कर्जा लगानीमा १३.८० प्रतिशतले बढेकाे जनाएकाे छ।

बैंककाे चुक्ता पूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ २१ पैसा तथा प्रतिसेयरर नेटवर्थ १२७.६४ रुपैयाँ रहेकाे छ।