
काठमाडौं, २२ साउन । गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म महालक्ष्मी विकास बैंक लिमिटेडको खुद नाफा ९५ करोड रुपैयाँ नाघेको छ । संस्थाको हालै सार्वजनिक उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा वृद्धि भएको हो ।
विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ६६ करोड ९९ हजार रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्षको सोही अवधिमा बढेर ९५ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा सञ्चालन आम्दानी तथा सञ्चालन मुनाफामा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद सञ्चालन आम्दानी १ अर्ब ७७ करोड रहेकामा १ वर्षमा बढेर २ अर्ब ३९ करोड पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि गत आर्थिक वर्षमा १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षमा ९२ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २८ करोड ९६ लाख रुपैयाँ बढेर १ अर्ब ८९ करोड पुगेको छ । यसैगरी संस्थाको खुद फि तथा कमिसन आम्दानीमा भने केही गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २० करोड ८८ लाख ७५ हजार भएकामा गत आर्थिक वर्षमा आइपुग्दा २० करोड २८ लाख ६२ हजारमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी अर्थात् ईपीएस बढेर २३.७३ रुपैयाँ पुगेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको ईपीएस १९.७५ रुपैयाँ रहेको थियो । यस्तै यो अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो १५.९३ गुणा तथा प्रति सेयर नेटवर्थ १६०.०९ रुपैयाँ रहेको विवरणले देखाएको छ । यो अवधिमा संस्थाको तलरता अनुपात २८.७० रहेको देखिन्छ ।







प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



