अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

-



     सफल आवाज    
     श्रावण २२ गते २०७९ मा प्रकाशित



वाशिङ्टन, २२ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसिरहेका बाइडेनको शनिबार गरिएको स्वास्थ्य परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएको ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले नकारी दिएका हुन् ।

कनरका अनुसार राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेका तर उनलाई धेरै ठिक भइसकेको छ । उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाइसकेका छन् ।

गत जुलाई २१ मा पहिलो पटक कोभिड सङ्क्रमण देखिएका बाइडेनलाई त्यसपछि एक हप्तासम्म आइसोलेसनमा बसेपछि निको भएको थियो । तर गत जुलाई ३० मा उनलाई फेरि सङ्क्रमण देखिएको हो । त्यसपछि आइसोलेसनमा बसिरेहका उनको स्वास्थ्य परीक्षण गत शनिबार गरिएको र त्यसमा नेगेटिभ रिपोर्ट आएको बताइएको छ ।