बैंकहरुको निक्षेप संकलनमा कमी, कर्जामा भने बृद्धि

-



     सफल आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २४ साउन । बाणिज्य बैंकहरुको निक्षेप संकलन बढ्न सकेकाे छैन। नयाँ आर्थिक २०७९, ८० शुरू भएपछि घट्न थालेको बैंकहरुको निक्षेप संकलन साउनकाे अन्तिमसम्म आउनै लाग्दा ४ अर्ब रुपैयाँ कमि देखिएकाे छ।

साउन पहिलो सातामा ६४ अर्ब रुपैयाँ घटेको बैंकहरुको निक्षेप संकलन दोस्रो साता २८ अर्ब रुपैयाँले घटेको थियो भने तेस्रो साता ४ अर्ब रुपैयाँले घटेको छ। साउनकाे तेश्राे सातासम्म बैंकहरुले रू ४४ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। असार अन्तिमसम्ममा निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रहेकाे थियो।

निक्षेप संकलनमा केहि कमि देखिए पनि बैंकहरुको कर्जा लगानी भने बढ्न लागेकाे छ। गएकाे हप्तामा बैंकहरुको कर्जा लगानी रू २ अर्ब बढेको नेपाल बैंकर्स सँघले जाएकाे छ। साउन २० गतेसम्ममा बैंकहरुको कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँ छ। असार अन्तिमसम्ममा बैंकहरुको कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो।