
काठमाडौं, २९ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्थाले निष्काशन तथा बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन बाँकी रहेको छ। संस्थाले साउन २४ गतेदेखि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।
संस्थाले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत सेयर जारि गरेकाे हाे । प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर बिक्रीमा ल्याइएकाे हो।
कुल ३ लाख ३१ हजार कित्ता सेयरबाट ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकाे छ। बाँकी रहने ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० कित्ता र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि सिआस्वा सदस्य रहेकाबाट बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने छ । साथै मेरोसेयर वेबपेज र एप्सबाट पनि आवेदन पेश गर्न सकिनेछ ।
लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेकाे छ। सेयर बाँडफाँडपछि याे १० करोड ३१ लाख रुपैयाँ हुनेछ । सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



