
काठमाडौं, ३० साउन । शिवम् सिमेन्ट्स लिमिटेडको नाफा गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म घटेको छ । कम्पनीको हालै सार्वजनिक उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफामा कमी आएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ४१ करोड २६ लाख ६६ हजार रुपैयाँ खुद नाफा गरेकोमा गत आर्थिक वर्षको सोही अवधिसम्म आइपुग्दा उक्त आँकडा उल्लेख्य घटेर ६८ करोड ९३ लाख ९७ हजारमा झरेको विवरणले देखाएको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानीमा पनि उल्लेख्य कमी आएको पाइएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद सञ्चालन आम्दानी ९ अर्ब ६६ करोड रहेकामा १ वर्षमा घटेर ९ अर्ब ४५ करोडमा आइपुगेको छ । यो अवधिमा अन्य आमेदानी भने बढाएको छ। अघिल्लो वर्ष अन्य आम्दानी ४ करोड ४२ लाख रहेकामा गत आर्थिक वर्षमा बढेर १९ करोड ६ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी अर्थात् ईपीएस १५.६७ रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्षमा ३२.११ रुपैयाँ थियो । यसबाहेक समीक्षा अवधिमा प्रति सेयर नेटवर्थ २०९.८२ तथा तरलता अनुपात १.५० रहेको विवरणले देखाएको छ । यो अवधिसम्म कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड छ भने जगेडा कोषमा १०.६० प्रतिशतले कमी आएको देखिएको छ ।







प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



