
काठमाडौं, ३० साउन । नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म नाफामा वृद्धि गरेको छ । कम्पनीको हालै सार्वजनिक उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा केही वृद्धि भएको हो ।
समीक्षा अवधिसम्म गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो आँकडा अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ थियोफ । यसरी हेर्दा एक वर्षको अवधिमा कम्पनीको खुद नाफामा १७.५४ प्रतिशतको बढोत्तरी भएको देखिन्छ ।
यस अवधिमा कम्पनीको आम्दानी ५.४४ प्रतिशत तथा अन्य आम्दानी २.५१ प्रतिशत बढेको विवरणले देखाएको छ । सोही अवधिमा कम्पनीको कुल आम्दानीमा पनि ५ प्रतिशतको बढोत्तरी भएको छ । यसरी आम्दानीमा वृद्धि भएकाले खुद नाफामा पनि त्यसले सकारात्मक टेवा दिएको देखिन्छ ।
कम्पनीले विभिन्न आम्दानीमार्फत् नाफा बढाउन सफल भए पनि प्रति सेयर आम्दानी अर्थात् ईपीएसमा भने केही गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ४७.५३ रुपैयाँ ईपीएस रहेकामा समीक्षा अवधिसम्म आइपुग्दा झरेर ४६.५६ मा आइपुगेको विवरणमा उल्लेख छ । यसबाहेक कम्पनीको प्रतिशेयर नेटवर्थ ५२८.१३ रुपैयाँ १३ तथा मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो भने १८.८८ गुणा रहेको पाइएको छ ।
समीक्षा अवधिसम्म १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको देखिन्छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत बढी हो । चुक्ता पुँजी पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँले बढेको छ ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



