
काठमाडौं, ३० साउन । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३२ हजार कित्ता सेयरका लागि आईपीओ जारी गर्ने भएको छ । आगामी भदौ ८ गतेदेखि आफ्नो ४ करोड बराबरको जारी पुँजीको ३३ प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यसरी निष्कासन हुने जम्मा सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि तथा सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागस सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आगामी भदौ ८ गते खुल्ने उक्त आईपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने गरी म्याद तोकिएको छ । यस्तै लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यसका लागि लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरको वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्ने व्यवस्था छ । हाल २ करोड ६८ लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पुँजी आईपीओ बाँडफाँटपछि ४ करोड पुग्ने बताइएको छ ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



