राष्ट्रपति भण्डारी पोखरामा, यस्ताे छ कार्यक्रम तालिका

-



     सफल आवाज    
     श्रावण ३० गते २०७९ मा प्रकाशित



पाेखरा, ३० साउन। राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आएकी छन। मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत भण्डारी पोखरा आएकी हुन।

राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्चपदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीले मङ्गलबार बिहान पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने र ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने तालिका रहेकाे कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए।

उनका अनुसार राष्ट्रपति मङ्गलबार दिउँसो तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्कने कार्यक्रम छ । राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बसेकी छन।