देशभर ८ सय ४८ मा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ५ हजार ६१९ जनाको नमूना परीक्षण गरिएकोमा ८ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२ हजार ७२२ जनाको पीसीआर गर्दा ३९९ तथा २ हजार ८९७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४९ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा ५ सय २६ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित ५ हजार २ सय ५९ पुगेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभरमा ९० हजार ४४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका तथ्याङ्क मन्त्रालयले अद्यावधिक गरेको छ ।