
काठमाडौं, २ भदौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आज भदौ २ गते साँझ साढे ५ बजेदेखि बढीमा १ दिनका लागि आफ्ना सेवा बन्द हुने जानकारी गराएको छ । कम्पनीले आज एउटा सूचना प्रकाशित गर्दै सिंहदरवार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरिएका आफ्ना उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नुपर्ने भएकाले आफ्ना सेवा अवरुद्ध हुने जनाएको हो ।
कम्पनीले सेयरसँग सम्बन्धित मेरोसेयर, सी-आस्वा, वेब सीडीएएस तथा सीएनएस सञ्चालन गर्दै आएकामा उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्ने समयमा यी सबै सेवाहरु अवरुद्ध हुने भएका हुन् । यसबाट सेवाग्राहीहरु प्रभावित हुने देखिएको छ ।







प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



