
पोखरा, २ भदौ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराको २८ औं साधारण सभा तथा १५ औ अधिवेशनबाट नरेश भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्धितिय उपाध्यक्ष बसन्त गौतम, महासचिवमा विकास भट्टराइ, कोषाध्यक्ष रोशनजंग कार्की, सचिव भिष्मराज पौडेल, सहकोषाध्यक्ष वैभव पौडेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा लोक बहादुर गुरुङ, योगेश भट्टराई, विष्णु बाँनिया, विरेन्द्र शेरचन र लोकप्रसाद ढकाल चयन भए ।

कार्यक्रमको उद्घाटन सत्रमा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पर्यटन पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्छ भन्ने आवाज उठेको बेला आएको पर्यटन ऐन पर्यटन मैत्री हुन नसकेको बताए।
उनले पर्यटन क्षेत्रको उत्थान हुन नसकेको जनाउँदै व्यवसायीको भावना र समग्र पर्यटनको उत्थान हुने गरी ल्याउनु पर्ने उनको भनाइ थियो । अहिले आएको पर्यटन विधेयककालाई पर्यटन मैत्री विधेयक बनाउन संशोधनको आवश्यता रहेको र त्यसको लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भटराइले पोखराको पर्यटन विकासका लागि पर्यटन मैत्री नीति खाँचो औल्याए। उनले अन्तराष्टिय विमान स्थल शिघ्र संचालनका लागि आवश्यक पूूर्वाधार निर्माण गर्नुपर्ने र हाल सञ्चालनमा रहेको एयरपोर्टलाइ अन्तराष्ट्रिय सेमिनारहल निर्माण गर्न सुझाव दिए।
उनले प्रदेश सरकारले ल्याएको पर्यटन ऐन व्यवसायीको भावना विपरीत र वैज्ञानिक नभएको भन्दै यसलाई संशोधन गरेर ल्याउनु पर्नेमा जोड दिए।
कार्यक्रम उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष, संजिवबहादुर कोइराला, रेवान केन्द्रका उपाध्यक्ष संघर्ष विष्ट, पोखरा महानगरपालिका वडा न ६ वडा अध्यक्ष विष्णुबहादुर भट्टराइ लगायतले पोखरा पर्यटकीय शहरका रुपमा स्थापित गर्न आवश्यक सुझाव दिए ।
कार्यक्रमको बन्द सत्रमा अध्यक्ष लक्ष्मण बरालले अध्यक्षको प्रतिवेदन र महासचिव विकास भट्टराईले महासचिवको प्रतिवेदन पेश गरे। रेवान पोखराकाले पर्यटन प्रवद्र्धनका लागि सडक महोत्सव, मिनि सडक महोत्सव, होलि विशेष कार्यक्रम लगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ । सो अवसरमा पत्रकार सुमन ढुंगानालाई पत्रकारीताबाट पर्यटन विकासमा योगदान पुर्याएको भन्दै नगदसहित सम्मान गरिएको थियो ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



