
सोल, ३ भदौ । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप एक लाख ३८ हजार आठ सय १२ जना सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा पछिल्ला केही हप्ता दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् ।
योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड २० लाख ३७ पुगेको छ । स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार गत हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख २६ हजार नौ सय २६ रहेको थियो । बिहीबार सार्वजनिक गरिएको विवरणमा भने शुक्रबारभन्दा धेरै सङ्क्रमित भएको देखिएको थियो ।
अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये चार सय ९२ जनाको अवस्था गम्भीर रहेको स्वाथ्य अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २२ बढी हो । पछिल्लो एक दिनमा कोरोनाका कारण दक्षिण कोरियामा ८३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या कोरियामा २५ हजार ८९६ पुगेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




