सांग्रिला बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः श्रेष्ठको निरन्तरता

-



     सफल आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित



काठमाडौं ५ भदौ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनःसुयोग श्रेष्ठले निरन्तरता पाएका छन । आज भाद्र ५ गते अपरान्ह वसेको बैक संचालक समितिको २९८ औं वैठकले सांग्रिला डेभलपमेन्ट बैंकमा हाल प्रमुख कार्यकारी अधिकृत रहेका सुयोग श्रेष्ठलाई भाद्र १९ देखि लागु हुने गरी आगामी ४ वर्षका लागि पुनः सिइओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

श्रेष्ठले सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेपछि बैंकले उल्लेख्य प्रगती गर्दै आएको छ । बिभिन्न बाणिज्य बैंक तथा विकास बैंकको महत्त्वपूर्ण पदमा रहेर कार्य अनुुभव संगालेका श्रेष्ठको पुन: थप भएको कार्यकालमा सांग्रिला डेभपलमेन्ट बैंकलाई थप उचाईमा पुर्याउने संचालक समितिले विश्वास लिएको बताएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास र बैंक प्रतिको भरोसाले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै वित्तीय सेवा दिदै आएको बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले सफल आवाजलाई बताए ।