प्रभु क्यापिटलका ग्राहकले ट्रयाङक्यूलिटी स्पामा ३० प्रतिशत छुट पाउने

-



     सफल आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ भाद्र । प्रभु क्यापिटलका ग्राहकले ट्रयाङक्यूलिटी स्पाबाट विशेष छुट पाउने भएका छन । यस सम्बन्घमा भाद्र १ गते प्रभु क्यापिटल तथा ट्रयाङक्यूलिटी स्पाका बीचमा सम्झौता भएको छ । याे अफर अन्तरगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रयाङक्यूलिटी स्पाबाट सेवा लिदा ३० प्रतिशत छूट पाउनेछन।

यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु पे को डिजिटल एप डाउनलोड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक-कनेक्ट गर्नुपर्नेछ । हितग्राहीले चेकआउट बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ ।

ट्रयाङक्यूलिटी स्पाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । स्पाले काठमाडाैकाे हाेटल साेल्टी, र्याडिसन,अलफ्ट, कुपन्डाेल शाखा र पाेखराकाे स्वीस इन्टरनेशनल हाेटल सराेवरबाट सेवा प्रदान गरिरहेकाे छ । स्पाकाे मलेसियाकाे मेरियाेट हाेटलमा समेत शाखा रहेकाे छ। असार मसान्त २०८० सम्म लागु हुने यो अफरको प्रभु क्यापिटलका हितग्राही ग्राहकले नेपालभरिका शाखाहरुबाट लाभ लिन सक्नेछन।

नेपाली पूँजी बजारमा भिडियो केवाइसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।