एरी नेपालको अध्यक्षमा कंगारू एजुकेशनका महेशबाबु चयन

-



     सफल आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ भदाै । एरी नेपाल च्याप्टरको अध्यक्षमा महेशबाबु तिमल्सिना चयन भएका छन् । आइतबार सम्पन्न एरी नेपालको चौथो साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चयन भएका तिमल्सिना कंगारू एजुकेशन फाउण्डेसनका प्रमुख हुन।

साधारण सभामा अध्यक्ष र कोषाध्यक्ष द्वारा प्रस्तुत गरिएकाे प्रतिवेदन उपर छलफल गरी पारित गरिएकाे समेत बताइएकाे छ । सभामा विधान परिमार्जन सम्वन्धी छलफल पनि गरिएको थियाे ।

अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने बिधार्थीहरूलाइ परामर्श सेवा प्रदान गर्ने कन्सल्टेन्सीहरुका संचालकहरू सदस्य रहेकाे याे संस्था सन् २०१८ जुनमा स्थापना भएकाे एरी नेपालका नवनिर्वाचितअध्यक्ष महेशबाबु तिमल्सिनाले बताए ।