आईफोन १४ श्रृङ्खला भौतिक उपस्थितिमै सार्वजनिक गरिने

-



     सफल आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित



क्यालिफोर्निया, ७ भदौ । एप्पलले आफ्नो आईफोन १४ सिरिज भौतिक उपस्थितिसमै गर्ने भएको छ । सामान्यतया: आईफोनको नयाँ सिरिज सेप्टेम्बरमा सार्वजनिक हुँदै आएकामा पछिल्ला वर्षमा चिप अभाव तथा कोरोना महामारीका कारण तालिकाभन्दा केही ढिला उपलब्ध गराइएको थियो ।

अहिले पनि आपूर्ति श्रृंखलामा अवरोध र चिप मूल्यहरू बढ्दै गएको साथै कोरोनाको डर कायमै भए पनि कम्पनीले यस वर्षको नयाँ आईफोन १४ सिरिज भौतिक उपस्थितिमै सार्वजनिक गर्ने भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एप्पलका आधिकारिक र विश्वशनीय जानकारी सार्वजनिक गर्ने ब्लूमबर्गका मार्क गर्मनका अनुसार एप्पलले आफ्नो आईफोनहरूको लागि पर्याप्त हार्डवेयर सुरक्षित गरेको छ । कम्पनीले सेप्टेम्बर ७ मा कार्यक्रम आयोजना गरेर आईफोन १४ को घोषणा गर्ने योजना बनाएको गर्मनले उल्लेख गरेका छन् ।

कम्पनीले आफ्नो एप्पल पार्क क्याम्पसमा आईफोन लन्चको लागि भौतिक कार्यक्रम आयोजना गर्ने र तिनिहरुको प्रत्यक्ष प्रसारण विभिन्न अनलाइनमाध्यम बाट गर्ने योजना बनाएको छ ।