३ अर्बको ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक

-



     सफल आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ९ भदाै । कुमारी बैंकले बैंकले भदौ १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन गर्ने भएकाे छ। १० वर्षे अवधिकाे साे ऋणपत्र वार्षिक ११ प्रतिशत ब्याजदरमा निष्काशन गरिने भएको छ ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याउन लागिएकाे हाे । यसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ ।

१ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने बैंकले जानकारी गराएकाे छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रबाट ६० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।

ऋणपत्र खरिदका लागि यही भदौ २१ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा भदौ ३१ गतेसम्म आवेदन पेश गर्न सकिनेभएकाे छ। ऋणपत्र खरिदका लगानिकर्ताले घटिमा २५ र बढीमा १२ लाख कित्तासम्म माग गर्न सक्नेछन्। यसका लागि सेबाेनबाट अनुमतििलएका सीआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट आवेदन दिन पायनेछ ।

इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी रेटिङ्ग दिएकाे छ। याे भनेकाे वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने भन्रे हाे । साथे कर्जा जोखिमकालागि संस्था मध्यम खालकाे रहेकाे संकेत हाे। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ