राधी विद्युतको मूल्य समायोजन, प्रति कित्ता कति ?

-



     सफल आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ भदौ । राधि विद्युत कम्पनीको मूल्य नेपाल स्टक एक्सचेन्ज(नेप्से)द्वारा समायोजन भएको छ । नेप्सेले गत शुक्रबार राधीले प्रस्ताव गरेको १४७.५२ प्रतिशत हकप्रदका आधारमा उक्त मूल्य समायोजन गरेको हो ।

कम्पनीको बुक क्लोज हुनुभन्दा अघिल्लो दिन कायम भएको अन्तिम कारोबार मूल्य ५४९ रुपैयाँ समायोजन गरिएको हो । समायोजन पछि कम्पनीको प्रति कित्ता मूल्य २८१.४० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । आज आइतबारदेखि राधीका सेयरधनीले सोही मूल्यमा कारोबार गर्न सक्नेछन् ।

राधी विद्युत कम्पनीले हकप्रदका लागि भदौ १२ गते अर्थात् आजलाई बुक क्लोज मिति तोकेको थियो । कम्पनीले आफ्ना सेयरधनीका लागि १:१.४७५२ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दैछ । हाल ६४ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी रहेकोमा हकप्रद सेयर निष्कासनपछि एक अर्ब ५९ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।