महेन्द्रपुल क्षेत्रका व्यवसायीसँग भाेट माग्दै पवन प्रजापती समुह

-



     सफल आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित



पोखरा १२ भदाै। पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापति सहितको समुहले आज महेन्द्रपुल क्षेत्रका व्यवसायीहरुकाे घर पसलमा पुगेर भाेट मागेका छन ।

बजारको पार्किङ्ग व्यवस्थापनकाे बिषयमा पटक पटक पोखरा महानगर पालिका र ट्राफिक व्यवस्थापनसँग छलफल गर्दा पनि समस्या समाधान नभएको भन्दै आफ्नो कार्यकालमा जसरी पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई थियो । उनले आवश्यकता हेरेर सडक पार्किङ्लाई पालाे सिस्टम गर्ने विषयमा पनि पहल गर्ने उनको भनाई थियाे ।

विशालवजार एरियाका व्यवसायीहरुले पवन प्रजापतीको अनुभव र क्षमताका आधारमा अहिलेको निर्वाचन प्रजापती पक्षमा आएमा व्यवसायीक हित हुने अपेक्षा पनि राखेका छन् । उनिहरुले अनुभव प्राप्त र उद्योग व्यवसायी वुझेको व्यक्ति हुदा मात्रै समगै व्यवसायीको हित हुने धारणा समेत राखे ।
अध्यक्षका उम्मेद्वार पवन प्रजापति महासचिव उम्मेद्वार वलराम आचार्य सहित अन्य सदस्यहरुले पोखराको महेन्द्रपुल तथा व्यस्थ वजारमा व्यवसायीको समस्या तथा व्यववसायीलाई कसरी प्रर्वदन गर्न सकिन्छ भन्ने विषयमा छलफल समेत गरेका थिए ।

प्रजापतीले आफ्नो प्यानलमा सबैखाले व्यवसाय अंगालेका महिला तथा पुरुष व्यवसायी रहेकाले आफ्नो प्यानल समावेशी रहेको  दावी गरेका छन।

यस्ताे छ प्रजापती समुहकाे प्यानल :