
काठमाडौं, १५ भदौ । आइएमइले चाडपर्वका अवसरमा ‘आइएमइ साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ योजना सार्वजनिक गरेको छ । योजना अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनाले सामसङ मोबाइल उपहार पाउनेछन् ।
कम्पनीका अनुसार यसबाहेक हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार दिइनेछ । साथै एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँ उपहार पाउनेछ।
बुधबार आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत उक्त अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेल लगायत ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष ढकालले आइएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको बताउँदै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने विचार व्यक्त गरे । देशको आर्थिक क्रियाकलापमा रेमिटेन्सको भूमिका महत्त्वपूर्ण भएको कुरा अहिले आएर झनै प्रष्ट भएको भन्दै विदेशबाट आउने रेमिटेन्स बढाउन सबैले भूमिका खेल्नु पर्ने उनको विचार थियो ।
यस्तै ब्राण्ड एम्बासडर दीपकराज गिरीले सँधै जस्तो यसपटक पनि आइएमईको अफरमा सहभागी हुन आग्रह गरे। यो योजनाबाट जम्मा ८२ जना प्रत्यक्ष लाभान्वित हुने र यो भदौ १६ गतेदेखि आगामी कात्तिक १६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



