२ सय ७१ कोरोना सङ्क्रमित थपिए, एक जनाको मृत्यु

-



     सफल आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, १५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ९२० जनाको नमूना परीक्षण गरिएकोमा २ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२ हजा ४८५ जनाको पीसीआर गर्दा २ सय २४ जनामा तथा १ हजार ४३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा १ सय ७५ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित ३ हजार १९४ पुगेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएकाहरुको तथ्याङ्क प्राप्त भएको छैन । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।