यस्ताे छ मुक्तिनाथ बैंकको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती खाता’ योजना

-



     सफल आवाज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ भदाै । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै रुपैयाँ २२.५० लाखसम्मको बीमा सुविधा दिने भएकाे छ।

बैंकले व्यक्तिगत मुद्दति खातामा घटिमा ५ लाखकाे मुद्दति खाता खोल्ने ग्राहकले १० लाखसम्मको दुर्घटना बीमाकाे सुविधा पाउनेछन् ।

यस्तै रुपैयाँ २ लाखको घातक रोग बीमा तथा ५० हजारको आवधिक जीवन बीमाकाे सुविधा पाउनेछन् । यसकासाथै खातावालाको परिवारको एक सदस्यको लागि १० लाखसम्मको दुर्घटना बीमाकाे सुविधा पाउने बैंकले जनाएकाे छ ।

‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजनाका लागि ग्राहकले १ वर्षदेखि २ वर्षसम्मको मुद्दति खाता खोल्नु पर्नेछ। ग्राहकले जुन अवधिकाे लागि मुद्दति खाता खोल्छन् साेहि अनुसार बीमाकाे सुविधा पाउने भएका छन्।