राष्ट्र बैंकमा राेजगारीकाे अवसर, सहायक निर्देशकसहित ४३ सिटका लागि दरखास्त माग

-



     सफल आवाज    
     भाद्र १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ भदाै। कामकाे खाेजिमा रहेका याेग्य उम्मेदवारहरुकाे लागि जागिरकाे अवसर जुटेकाे छ । नेपाल राष्ट्र बैंकले आज विभिन्न ४३ सिटका लागि दरखास्त माग गरेकाे हाे ।

बैंकको जनशक्ति व्यवस्था विभागले प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदमा दरखास्त माग गरेकाे हो। यी पदहरुमा खुल्ला प्रतिष्पर्धाबाट पदपूर्ति गरिने बैंकले जनाएकाे छ ।

प्रशासनतर्फ सहायक निर्देशकमा १८ जना माग गरिएकाे छ । प्राविधिकतर्फको सहायक निर्देशकमा १ र सहायकमा २४ जनासहित ४३ जनाका लागि दरखास्त माग गरिएकाे छ। 

जागिर खान चाहने इच्छुक उम्मेदवारले अनलाइनबाट दरखास्त पठाउन सकिने बैंकले जनाएकाे छ। इच्छुक उम्मेदवारले असोज ६ गतेसम्म दरखास्त पेश गर्न सक्नेछन् । ढीलाे भएकाे खण्डमा असोज १३ गतेसम्म दाेब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने भएकाे छ। 

राष्ट्र बैंककाे सूचना