आईपीओ जारी गर्दै माथिल्लो मैलुङ खोला हाइड्रो

-



     सफल आवाज    
     भाद्र १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ भदौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले असोज ९ गते बिहान ११ बजे अकामा होटल धुम्बाराही काठमाडौंमा नवौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभामा  आईपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव लगिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त साधारण सभाले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयर बिक्री तथा बाँडफाँट गर्ने र आईपीओ निष्कासनबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धी योजना तथा रणनीतिहरु समेत निर्धारण गर्नेछ ।

साधारणसभाका अन्य एजेण्डामा अधिकृत पूँजी वृद्धि गर्ने लगायतको कामको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्ने साथै संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालक चयन गर्ने पनि रहेको छ ।

कम्पनीले रसुवा जिल्लाको उत्तरगया गाँउपालिकामा १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।