ख्यातिप्राप्त उत्प्रेरक जोश निरौलाले दिए कुमुदिनी होम्सका विद्यार्थीलाई हौसला र शैक्षिक सफलताका टिप्स

-



     आरजू विष्ट सल्यानी    
     भाद्र १७ गते २०७९ मा प्रकाशित



पोखरा, १७ भदौ । शुक्रबार मध्यान्हको समय । भक्तपुरे कलाकृतिको झझल्को दिने पोखराकाे अग्रणी शैक्षिक संस्था कुमुदिनी होम्सको सभाकक्ष कक्षा ११ र १२ का साइन्स, म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले भरिएको थियो । उनीहरुले सभाकक्षको अग्रभागमा राखिएको सेतो बाेर्डलाई नियाली रहेका थिए । विद्यार्थीहरु व्यग्र प्रतिक्षा रहेका देखिन्थे ।

एकैछिनमा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेसंगै अन्तराष्ट्रिय ख्यातीप्राप्त प्रमाणित न्यूरो लिंग्विस्टिक प्रोग्रामिङ (एनएलपी) प्रशिक्षक जोश बी निरौला सभाकक्षमा प्रवेश गरे र हाैसिएर भन्न थाले ओहो ! कलाकृतिले सुसज्जित विद्यालय, आर्ट ग्यालरी, अरु केके केके । यो परिवेश नेपालमा अन्य विद्यालयमा मैले खासै देखेको छैन । तपाँईहरु कति भाग्यमानि । यस्तो जिवन्त कला, सभ्यता बोकेको विद्यालयमा पढिरहनु भएकाे छ । यसका शैक्षिक तथा अतिरीक्त क्रियाकलापहरुबाट म प्रभावित भएँ ।

निरौलाले ह्वाईट बोर्डमा अण्डा आकारको आसनमा सुतिरहेको कलिलो बच्चाको फोटो देखाए र भने यो बच्चाको बारेमा भन्नुस् । विद्यार्थीले त बच्चा सुतिरहेको देखेका थिए । उतिखेरै उनले आईन्सटाइनको फोटो देखाए । त्यसपछि नेपालका प्रख्यात विद्वान, कलाकार, वैज्ञानिक, सामाजिक व्यक्तित्व, बैंकर र विश्वविख्यात वैज्ञानिक, शोधकर्ताहरुलाई देखाए ।

जम्मै फोटोहरु देखाएपछि उनले भने तपाँई यिनै प्रख्यात, विश्वविख्यात मानिस होकि होईन ? सबैको अध्ययनको शुरुआत बच्चाकालबाटै हुन्छ हाेइन त ? एकैपटक आईन्सटाइन बैज्ञानिक भएर आएका होईनन् । नेपाली पुष्पा बस्नेत सिएनएन हिरो बनेकि होईनन् । माइक्रोसफ्टका विल गेट्स, अँझ पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा त १४ वर्ष टुहूरो बनेका, कष्टका दिनहरु काटेका व्यक्ति हुन् जसले तपाँईहरु जस्तो उमेरमा विद्यालयमा टिचरले के बन्ने सोंच छ ? भनेर सोध्दा म एक दिन अमेरिकाको राष्ट्रपति बन्छु भनेका थिए । धेरैले हाँसोको रुपमा लिए । कस्तो म्याड भनेका थिए तर भए त उनि राष्ट्रपति ।

अहिले आकाशमा हवाई जहाँज उडिरहेका छन् । ति राईट दाजुभाईले पहिलो अध्ययन अनुसन्धान नगरेको भए संभव थियो त ? संसार अहिले अतिविकसित रुपमा रुपान्तरण हुनमा बच्चाहरुको योगदानको कारण होईन त ? यो सबै शैसवकालको पढाई, सिकाई, अनुशासन र लगनशिलता अनि साे‌चको कारणले हो ।

निरौलाले भने “टूगेदर वी क्यान” अर्थात हामी संगसंगै अघि बढ्यौं भने सक्छौं । त्यो भनेको अशोक सरले नेपालभर प्रख्याती कमाएको विद्यालय बनाउनु भयो । नेपाल टूरजिम एण्ड होटल म्यानेजमेन्ट कलेज खोल्नु भयो । हस्पिटल छ । यो असल सोंच र संगसंगै अघि बढ्ने हिम्मतले नै हो ।

शिक्षाको उचाईमा पुग्नका लागि शिक्षक, विद्यार्थी र अविभावकको संयोजन हुनु महत्वपूर्ण कुरा हो । तिनै पक्षको संयोजनबाट हरेक विद्यार्थी हिराका रुपमा परिचित हुन्छन्, बनाउन सकिन्छ र संभव छ । हरेकले सपना देख्नुपर्छ । निन्द्रा लाग्नै नदिने सपनाहरु देख्नुपर्छ । जस्ले सपनाहरुलाई विश्वास गर्छ र लगनशिल भएर लागिरहन्छ त्यहि बच्चा, विद्यार्थी पछि विद्वान, वैज्ञानिक वा थुप्रै ओहोदामा पुग्ने हुन्छ।

जस्तोसुकै अवश्थामा पनि “म सक्छु” भन्ने बिचार मनमा राखिरहनुपर्छ । समयतालिका बनाउने । कुन कुन समयमा के गर्ने भन्ने कुराहरु लेखेर राख्ने । पहिलो प्राथमिकतामा पढडाई लेखाई र अरु त्यसपछिको सूचीमा राखे प्रशस्त समय निकाल्न सकिन्छ ।

आफैंले आफैंलाई मूल्यांकन गर्ने, आफ्नो कमजोरी पत्ता लगाउने र त्यसको समाधान पनि आफैंले खोज्नुपर्ने उनले सल्लाह दिए ।
सन् २००७ मा एप्पलको फोन आएपछि विश्ववजार पिटिरहेको नोकिया धरासायी भयो । किनकी नयाँ आविस्कार, नयाँ सोंचमा भएको लगाव र परिवर्तनको कारणले हो ।

विद्यार्थीलाई जोस्याउँदै उत्प्रेरणाका कुराकाहरु गरिरहेका निरौलाले भने, छिमेकी भारतका सुन्दर पिचाईले गुगल म्याप बनाए उनी गुगलका सिईओ भए । एक पटक उनी अमेरिकामा हुँदा हराएछन् । त्यहि पिडाको कारण उनमा आएको नयाँ प्रवर्तनको सोंचले गूगल म्याप आयो अनि अहिले कोहि हराउँदैन । सबले गूगल म्यापको फलो गरिरहेका छन् ।

विद्यार्थीहरुले के सोच्नु पर्यो भने पहिले मनबाट डरलाई, हिनतावोधलाई हटाउनु पर्यो र हर कुरा संभव छ भनेर अगाडी बढ्नु पर्यो । बिगतलाई भूल्ने हो । आगतमा के गर्ने भन्ने कुरा सोच्ने हो र हिजोबाट मात्र पाठ सिक्ने हो, यति भयो भने तपाँई सब बच्चाहरु आईन्सटाइन, विलगेट्स, महावीर पुन, अनिलकेसररी, पुष्पा बस्नेत, मनिषा कोईराला वा जो कोहि हो । त्यसैले सधै तीन कुरालाई ख्याल गर्नुहोला निरौलाले भने :

यो सम्भव छ(It is possible.)

म गर्न सक्छु(I can do it.)

म यसको लागि योग्य छु (I deserve it.)

कुमुदिनी होम्सका विद्यार्थीसंग साडे १ घन्टा कि नाेट स्पिकरको रुपमा उप्रेरक कुराहरु बताएका निरौलाका कुराबाट विद्यार्थीहरु निकै जोसिएका थिए । उनीहरुले आफुसंग भएका संकोचहरु हटाउन कार्यक्रम फलदायी भएको बताए । यसको संयोजन र मौका दिलाउने विद्यालयका अध्यक्ष अशोक पालिखे र कि नाेट स्पिकर जोस बी निरौलालाई आभार व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष पालिखेले समय अनुसारको शिक्षा र त्यस अनुसारको अब्बल वातावरण बनाउन आफुहरु लागिरहेको बताए । उनले आफ्ना विद्यार्थीहरुले शिक्षाका साथै अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट नतिजाहरु ल्याईरहेको स्मरण गराएका थिए । शनिबार निराैलाले हाेटल माउन्ट कैलाशमा बिहान १० बजे नेपाल टूरिजम एण्ड हाेटल म्यानेजमेन्ट कलेजका विद्यार्थीबीच अर्काे सेसनमा उत्प्रेरक कुरा गर्ने कार्यक्रम तय भएकाे विद्यालयका संस्थापक अध्यक्ष पालिखेले सफल आवाजलाई बताए ।