मस्जिद विष्फोटः तालिबानका धर्मगुरूसहित अठार जना मारिए

-



     सफल आवाज    
     भाद्र १८ गते २०७९ मा प्रकाशित


Taliban fighters block a road after a blast during the Friday prayer in Gazargah mosque, in Herat on September 2, 2022. - A huge bomb blast at one of the biggest mosques in western Afghanistan on September 2 killed its influential imam, who called earlier this year for those who commit "the smallest act" against the government to be beheaded. (Photo by AFP)


हेरात (अफगानिस्तान), १८ भदौ । पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ ।

विष्फोटनमा परी कम्तीमा २३ जना घाइते भएका छन् । हेरात शहरको गुजरगाह मस्दिमा भएको विष्फोटपछिको भिडियोमा उक्त धार्मिकस्थलको आँगन शवले भरिएको, जमिन रगताम्मे भएको देखिन्छ भने त्यहाँबाट ‘भगवान् महान् हुनुहुन्छ’ त्रासमा मानिस कराउँदै भागेका देखिन्छन् ।

अल्लाहका उपसकहरूले मस्जिद खचाखच भरिएको समयमा त्यहाँ बम विष्फोट भएको थियो । विष्फोटमा मारिएका प्रमुख धर्मगुरू मुजिबउल रहमान अन्सारी पश्चिमा समर्थित सरकारका कट्टर आलोचक थिए ।

उनलाई तालिवानले प्रमुख धर्मगुरूका रूपमा मानेको थियो । धर्मगुरू अन्सारीको मृत्युको पुष्टि तालिवानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले गरेका छन् ।