
पोखरा, १८ भदौ । पोखराको छिनेडाँडामा रहेकोे नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) ले कक्षा ११ का विद्यार्थी र उनिहरुका अभिभावकहरुलाई शनिबार एकदिने ‘मोटिभेसन क्लास’ दिएको छ ।
उनिहरुलाई ख्यातीप्राप्त प्रशिक्षक जोश बहादुर निरौलाले ‘टुगेदर वी क्यान’ शीर्षकमा मोटिभेसन दिँदै मानिस एक्लैमात्र सफल हुन नसक्ने भन्दै उनले विद्यार्थी, अभिभावक, कलेज र समाजको सहकार्यले मात्र सफलता हाँसिल हुने सुनाए ।
हिनताबोध नै मानिसको सबैभन्दा ठूलो समस्या भएकाले आत्मविश्वास जरुरी रहको उनले बताए । सपना, विश्वास, लक्ष्य, समयको व्यवस्थापन र फरक सोँचले मात्र मानिस सफल हुने भएकाले त्यसप्रति कटिबद्ध हुन विद्यार्थीहरुलाई उनले आग्रह गरे ।

कलेजका विद्यार्थीहरुको आतिथ्यताले आफू प्रभावित भएको उनले सुनाए। आफ्ना सन्तानहरुको बारेमा स–साना कुराहरुमापनि प्रशंसा गर्नुपर्ने, अरुका छोराछोरीसंग तुलना गर्न नहुने जस्ता विषयमहरुमा अभिभावक सचेत हुनुपर्नेमा उनको जोड थियो ।
विगतलाई बिर्सेर नयाँ ढंगले अगाडि बढनपनि उनले विद्यार्थीहरुलाई आग्रह गरे । माइक्रोसफ्टका संस्थापक बिल गेट्स, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, नेपालकी सिएनएन हिरो पुष्पा बस्नेत जस्ता व्यक्तिहरुको विगत त्यति सुखद नभएपनि आत्मविश्वासकै कारण उनिहरु सफल व्यक्ति बन्न सफल भएको उनले सुनाए ।

कलेजका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीहरुले होटल म्यानेजमेजमेन्ट पढ्नुको उद्देश्य र जीवनको लक्ष्यबारे कलेजले हरेक बर्ष मोटिभेसन क्लास दिँदै आइरहेको बताए । नेपाल सरकारले सञ्चालन गरेको कलेजभन्दा एनटीएचएमसीमा शुल्क कम रहेको तर गुणस्तरीयतामा भने कुनैपनि सम्झौता नगरिएको अध्यक्ष पालिखेले सुनाए ।
पोखरालाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्छ भन्ने उद्देश्यले कलेजको स्थापना भएसँगै होटल म्यानेजमेन्टका लागि विदेश धाउनुपर्ने समस्याको अन्त्य भएको उनको भनाइ छ । विद्यार्थीहरुलाई कजेलमा नियमित उपस्थित हुन र छोराछोरीहरुका बारेमा चाँसो राख्न अभिभावकहरुलाई पनि उनले आग्रह गरे ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले आफ्ना सन्तानहरुको संगत कस्ता व्यक्तिहरुसंग भइरहेको छ भन्ने बारेमा अभिभावक सचेत हुनुपर्ने बताए । छोरा छोरीहरुलाई सानैदेखि राम्रो संस्कार सिकाउनुपर्ने उनको जोड थियो । कक्षा ११ मा भर्ना हुनका लागि ६ सय ५० जनाकाे आवेदन परेपनि १ सय जना विद्यार्थीहरुलाई मात्र भर्ना लिने गरिएको रेग्मीले बताए । कार्यक्रममा १ सय जना विद्यार्थी र तिनका अभिभावकहरुको सहभागिता रहेको थियो ।








काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



