‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ को आवेदन म्याद भदौ २९ सम्म

-



     सफल आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ भदाै । हिमालयन बैंकले गत भदौ १५ गते जारी गरेको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ का लागि आवेदन दिने म्याद भदौ २९ गतेसम्म थप गरेको छ ।

कम्पिनीले वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेकाे २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्कासन तथा बिक्रीमा ल्याएकाेमा आवेदन दिने अन्तिम म्याद तोकिकएको आज बिहान १० बजेर ९ मिनेट जाँदासम्म मागको ८.३५ प्रतिशत अर्थात् ८७ हजार ३५६ कित्ताका लागि मात्र आवेदन परेको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ।

लगानीकर्ताले ऋणपत्र खरिदका लागि आज भदौ १९ गतेसम्ममा आवेदन दिन सक्ने र माग बमोजिम आवेदन नपरेकाे खण्डमा भदौ २९ गतेसम्म म्याद थप गर्ने व्यवस्था गरेको छ ।

बैंकका अनुसार ऋणपत्रको अवधि ७ वर्षकाे रहेकाे छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गरेकाे हाे । ऋणपत्रमा लगानीका लागि लगानीकर्ताले घटिमा २५ र बढीमा २ लाख ५० हजार कित्तासम्म माग गर्न पाउनेछन् ।

कुल ऋणपत्रबाट १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । बैंकका अनुसार १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने छ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रबाट ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।