
काठमाडौं, २१ भदाै । कुमारी बैंकले निष्काशन गरेकाे ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ मा आवेदन दिने म्याद दिने म्याद थप गरिएकाे छ ।
बैंकले भदौ १७ गतेदेखि बिक्रीमा ल्याएकाे वार्षिक ११ प्रतिशत ब्याजदर रहेकाे साे ऋणपत्रमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप भएकाे हाे । यसकाे अविध १० वर्ष अवधिको रहेकाे छ ।
प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरकाे ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिएकाेमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ ।
बैंकले १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने जानकारी दिएकाे छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रबाट ६० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। ऋणपत्रमा घटीमा २५ तथा बढीमा १२ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी रेटिङ्ग दिएकाे छ। याे भनेकाे वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम मध्यम खालकाे रहेकाे संकेत हाे ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



