
मस्को, २२ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनियरुपमा नघटेको बताएकाे छ। मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार यस देशमा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् ।
यद्यपी सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ सङ्क्रमित थपिएका थिए । सोमबारको तुलनामा मङ्गलबार सङ्क्रमित घटेका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३७ लाख ९१ हजार नौ सय ६१ पुगेको स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका छन् ।
कोरोना सङ्क्रमणको कारण ४६ जनाको मृत्यु भएसँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार दुई सय ४९ पुगेको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन । यसैबीच भारतमा एकै दिनमा पाँच हजारभन्दा बढीमा कोरोना सङ्क्रमिण्त भएका छन् ।
यहाँ २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म पाँच हजार तीन सय ७९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ ।
यसैसँगै भारतमा चार करोड ४४ लाख ७२ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा चार हजार चार सय १७ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ ।
भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार पाँच सय ९४ जना रहेका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । चौविस घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरात कोरोना सङ्क्रमणबाट भारतमा २७ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २८ हजार ५७ जनाको मृत्यु भएको छ ।
भारतमा हिजो एक दिनमा सात हजार ९४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३८ लाख ९३ हजार पाँच सय ९० जना कोरोनामुक्त भएका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। । सो समयबाट हालसम्म दुई अर्ब १४ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ ।
भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ७० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । यसैबीच भारतको छिमेकी देश पाकिस्तानमा मङ्गलबार थप एक सय ५८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यसैसँगै पाकिस्तानमा १५ लाख ७० हजार चार सय ६२ जना कोरोना कूल सङ्क्रमित भएका छन् ।
पाकिस्तानमा मङ्गलबार कोरोना सङ्क्रमणको कारण एक सय पाँच जनाको मृत्यु भएको छ । कोरोना शुरु भएयता पाकिस्तानमा ३० हजार पाँच सय ९४ जनाले ज्यान गुमाएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




