
पोखरा, २३ भदौ । निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा सञ्चालनका लागि आवश्यक तयारी तीव्र पार्न सरोकारवालाहरुले माग गरेका छन् । होटल संघ पोखरा नेपालको ४१ औं वार्षिक साधारण सभाका अवसरमा वक्ताहरुले उक्त विमानस्थल सञ्चालनमा ल्याउने क्रममा पहिलो उडान अन्तर्राष्ट्रिय प्रकृतिको नै हुनुपर्ने माग गरेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले लामो दबाबपछि विमानस्थलको निर्माण कार्य अनसन नै बसेर सुरुवात गराउनुपरेको स्मरण गराए । उनले नयाँ विमानस्थललाई घरेलु विमानस्थलका रुपमा अगाडि बढाउने चलखेल हुन सक्ने भन्दै त्यसविरुद्ध सम्पूर्ण गण्डकी प्रदेशवासी एक हुनुपर्ने विचार व्यक्त गरे ।
सोही अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनमा ल्याउनुअघि गर्नुपर्ने रिट्ठेपानी डाँडाको कटान र ल्याण्डफिलसाइटको स्थान्तरण समयमै हुनुपर्नेमा जोड दिए । उनले डाँडो कटान सक्न ६ महिनासम्मको अवधि लाग्ने कुरा समेत उठेको भन्दै यसले विमानस्थलको सञ्चालन पछि धकेल्नसक्नेतर्फ ध्यानाकर्षण गराए । आवश्यक परे परिषद् र यस अन्तर्गतका संस्थाहरु डोजर लिएर डाँडो काट्न जानुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको विकासका लागि आफू दिनरात नभनी खटिरहेको बताउँदै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सवालदेखि विमानस्थल सञ्चालनसम्मका कामप्रति आफू सचेत रहेको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन : पोखरा र गण्डकी प्रदेशको पर्यटन’ उद्घोषसहित संघले आयोजना गरेको साधारणसभामा होटल संघ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सवालमा केन्द्रीय हानको पूर्ण सहयोग रहने बताइन् । सरकारको मात्र मुख ताकेर बस्ने अवस्था नभएको र प्रबर्द्धन लगायतका काममा व्यवसायी आफैं अगाडि बढ्नुपर्ने बेला आएको उनको विचार थियो ।
पर्यटक आगमन दरको अवस्था हेर्दा अहिले पनि नेपालको पर्यटन जटिल अवस्थामा रहेको बताउँदै राणाले जमाना अनुसार अहिले डिजिटल र आधुनिक मार्केटिङमा जोड दिनुपर्ने र कुन प्रकारका पर्यटक भित्र्याउन खोजेको हो त्यसमा प्रष्ट हुनुपर्ने बताइन् ।
सरकारले पर्यटन क्षेत्रलाई पनि उद्योगको मान्यता दिनुपर्ने माग राख्दै उनले चालु बजेटमा पर्यटनका लागि विगतमा जस्तो राहतका कार्यक्रम नसमेटिनु आश्चर्यलाग्दो भएको बताइन् ।
हानका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार भरतराज पराजुलीले पृथ्वीराजमार्गको मुग्लिन पोखरा खण्ड र महेन्द्र राजमार्गको बुटवल नारायणगढ खण्डमा सडकको स्तरोन्नति अति सुस्त गतिमा हुँदा पर्यटनलाई असर परेको बताए । उनका अनुसार यसै कारणले गर्दा पोखराको नयाँ विमानस्थल यथासक्य शीघ्र सञ्चालनमा ल्याएरर रातमा समेत उडान हुने व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ ।
होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कोभिडपछि पनि सरकारले चर्को कर असुल्न नछाडेको भन्दै पर्यटन क्षेत्रमा मजदूरका लागि व्यवस्था गरिएको १० प्रतिशत सेवा शुल्क दुईतीन वर्ष स्थगित गर्न सके कोभिडले थला परेको पर्यटन क्षेत्र अघि बढ्न सहज हुने विचार व्यक्त गरे ।
घण्टा प्रणालीको आधारमा मजदूरलाई काम लगाउने व्यवस्था सुरु गर्नुपर्ने बेला आएको उनले बताए । उक्त अवसरमा संघका महासचिव राजेन्द्र ढकालले संघले एक वर्षमा गरेका र आगामी कार्यक्रमबारे अवगत गराएका थिए ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



