
पोखरा, २३ भदौ ‘जेसीज सप्ताह २०२२’ बिहीबार सम्पन्न भएको छ । पोखरा जेसीजको आयोजनामा भदौ १७ देखि सुरु भएको जेसीज सप्ताह अन्तर्गत रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण र सरसफाई तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यस्तै कृषि सचेतना तथा माटो परिक्षण, साइबर क्राइम सम्बन्धि सचेतना र गण्डकी युवा वक्ता वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको संस्थाका कार्यकारिणी उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जेसी कुशल पौडेलले जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जेसीजले रचनात्मक कार्यहरु गर्दै आइरहेको भन्दै आगामी दिनहरुमा नेपालको शैक्षिक अभियानका बारेमा पनि पहल गर्नुपर्नेमा जोड दिए ।
कृषि बिकास बैंक लिमिटेड गण्डकीका निर्देशक घनेन्द्र अधिकारीले जेसीज कुरा भन्दापनि काम गर्ने संस्था भएको बताए । उनले आगामी दिनमा पनि जेसीजसंग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
पोखरा जेसीजका अध्यक्ष मिनराज खड्काले सबैको साथ र सहयोगले जेसीज सप्ताह सफल भएको बताए । जेसीजले आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कामहरुलाई निरन्तरता दिने उनको भनाइ छ । कार्यकारिणी उपाध्यक्ष एवं संयोजक पौडेलले सहयोगी संघ संस्थाहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि विभिन्न कार्यक्रम लिएर समुदायस्तरमा पुग्ने बताए ।
कार्यक्रममा गण्डकी वक्ता वक्तृत्वकला प्रतियोगितामा प्रशंसा बराल प्रथम, कृतिका पराजुली दोस्रो र सम्झना सार्की तेस्रो भए । उनिहरुले क्रमसड्: १०, ७ र ५ हजार रुपैँया नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै कालिका मा.वि. रामबजारमा कक्षा ९ मा अध्यनरत मनिता बोहोरालाई १३ हजार ९ सय रुपैँयाको छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्ष जेसीआइ सिनेटर छवि सुवेदी, गोविन्दप्रसाद देवकोटा, म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्री, जेसी सन्तोष लामिछाने, पोखरा जेसीजका महासचिव प्रकाश घिमिरे लगायतले बोलेका थिए । कार्यक्रममा सातै दिनका कार्यक्रमहरुको श्रव्य दृश्य समेत देखाइएको थियो ।
कार्यक्रमको मुख्य प्रायोजकको रुपमा कृषि बिकास बैंक लमिटेड रहेको थियो । एक्सपर्ट एकुजेशन सहप्रायोजक र डिस मिडिया नेटवर्क, कुटी रिसोर्ट, कुमारी बैंक लिमिटेड, सर्वोत्तम सिमेन्ट, सर्वोत्तम स्टिल, वृज सिमेन्ट, सुन्दर सोफा तथा फर्निचर उद्योग, एल.एस मोटर्स निशान कम्पनी प्रायोजक संस्थाका रुपमा रहेका थिए ।









प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



