
काठमाडौं, २४ भदौ । गत भदौ १७ गतेदेखि खुला गरिएको बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद २ दिन बाँकी रहेको छ । हकप्रद सेयरका लागि भदौ २६ गतेसम्म प्रारम्भिक म्याद तोकिएको छ ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडले बिहीबार बेलुका ५ बजे अद्यावधिक गरेको तथ्याङ्क अनुसार उक्त हकप्रदमा मागको ५२.२८ प्रतिशत सेयरका लागि मात्र आवेदन परेको छ । उक्त तथ्याङ्क अनुसार कुल २६ लाख ७९ हजार ७५ कित्ताका लागि आवेदन खुलाइएकोमा बिहीबार बेलुकी ५ बजेसम्म १४ लाख ६७३ कित्ताका लागि मात्र आवेदन परेको छ ।
शुरुमा गत भदौ ६ गते बिक्री खुला गर्न लागिएको उक्त हकप्रद सेयरको बिक्री त्यही दिन बन्द गरिएको थियो । सिडिएस एन्ड क्लियरिङले कम्पनीको बिक्री प्रबन्धक आरबिबि मर्चेण्टले गलत तथ्याङ्क राखेका कारण उक्त हाइड्रोपावरको हकप्रद सेयर बिक्री बन्द गराएको थियो ।
कम्पनीले पछि सिडिएसको अनुमति पाएपछि भदौ १७ गते हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । १ सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरिएको थियो ।
गत साउन २ गते कम्पनीले बुक क्लोज गरेर हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको थियो । साउन १ गतेसम्म नेप्सेमा कारोबार भएर कायम भएका कम्पनीका सेयरधनीहरु उक्त हकप्रदका लागि योग्य हुने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंक र शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यस्तै सेबोनबाट सिआश्वा स्वीकृति पाएका बैंक, वित्तीय संस्था र मेरोसेयर वेब पेज तथा एप्सबाट आवेदन दिन पाउनेछन् ।
बरुण हाइड्रोपावरको चुक्ता पूँजी हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपछि यो ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। यो भनेको वित्तीय दायित्व पुरा गर्नका लागि मध्यम जोखिमको संकेत भन्ने हो ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



