१ सय ५२ नयाँ कोरोना सङ्क्रमित थपिए, २ जनाको मृत्यु

-



     सफल आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, २३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार २९४ जनाको नमूना परीक्षण गरिएकोमा १ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजा १८६ जनाको पीसीआर गर्दा १ सय १० जनामा तथा २ हजार १०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय ३३ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट २ जनाको ज्यान गएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित २ हजार ४४८ मा झरेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएकाहरुको तथ्याङ्क उपलब्ध नभएको बताएको छ । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।