कुमारी बैंकको १८ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा

-



     सफल आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ भदाै । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा ल्याइएकाे छ । बैंकका संस्थापक सेयरधनीहरुकाे १८ हजार ९३२ कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा ल्याइएकाे छ ।

बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९३२ तथा संस्थापक अर्का सेयरधनी ललित बहादुर केसीले १ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । दुबैले सेयरको बिक्री भाउ तोके अनुसार हुने बताएका छन् । संस्थापक सेयर खरिद गर्नका लागि बैंकका अरु संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् ।

सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले आजदेखि ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यसका लागि सेयर रजिष्ट्रार कम्पनी कुमारी क्यापिटल तथा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिन सकिने भएकाे छ ।

ताेकिएकाे अवधिमा संस्थापक सेयरधनीले सेयर खरीद नगरेमा निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।