शनिबारसम्म कोरोनाका सक्रिय सङ्क्रमित २ हजार ४३०

-



     सफल आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, २६ भदौ । नेपालमा शनिबार १ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ७४६ जनाको नमूना परीक्षण गरिएकोमा १ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजा ७१८ जनाको पीसीआर गर्दा १ सय १२ जनामा तथा २ हजार २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय ३० जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । शनिबार थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित २ हजार ४३० मा झरेका छन् ।

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या ४ लाख ८० हजार ८१८ रहेको छ । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।